रूसका राष्ट्रपति पुटिन आगामी डिसेम्बरमा भारत आउँदै

११ मंसिर, नयाँ दिल्ली ।  रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी डिसेम्बरमा भारत आउने भएका छन्।

भारत-रूस वार्षिक सम्मेलनमा सहभागी हुन उनी डिसेम्बर ६ तारिखमा भारत आउने तय भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्।

frontline

उक्त अवसरमा रूसी राष्ट्रपति पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने बताइएको छ। उनीहरुबीच सन् २०१९ पछि पहिलो पटक भेटवार्ता हुने भएको हो।

यसअघि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनका बीचमा सन् २०१९ को नोभेम्बरमा ब्रासिलियामा भएको ब्रिक सम्मेलनका क्रममा भेटवार्ता भएको थियो।

भारत भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने र दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here