रूखबाट लडेर महिलाको मृत्यु
१२ पुस, स्याङजा । स्याङजाको फेदीखोला गाउँपालिका-२ गाडाबासमा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ।
घाँस काट्ने क्रममा लडेर ६९ वर्षीया देवकुमारी थापाको मंगलबार बिहान मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामामा उपचारका क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्