चुनाव जितेका र हारेका मेयर एकै कार्यक्रममा…

भक्तपुर । २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनका मुख्य प्रतिस्पधीहरु एकै ठाउँमा देखिए । यो दृश्य हो चाँगुनारायण नगरपालिका भक्तपुरको । तत्कालिन नेकपाबाट उम्मेदवार भएर जीत हासिल गरेका सोमप्रसाद मिश्र र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका राजाराम खड्का एकै कार्यक्रममा देखिएका हुन् ।

नगरपालिकाको नयाँ भवन निर्माण कार्य सुरु गर्न मंगल भएको एक कार्यक्रमका नगरप्रमुख मिश्रले आफ्ना सबै प्रतिस्पधीलाई बोलाएका थिए । त्यसैक्रममा अन्य दलका तर्फबाट उम्मेदवार भएकाहरु भने आएनन् । तर, मिश्रले कार्यक्रममा अतिथि बोलाएपछि खड्का आएका थिए ।

frontline

चाँगुनारायण नगरपालिकाले रु. ४१ करोडको लागतमा वडा नं. ५ स्थित घुमाउनेमा सुविधा सम्पन्न अत्याधुनिक नयाँ भवन निर्माण गर्ने भएको छ । यहाँको सार्वजनिक रुपमा रहेको ३० रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त भवनको आज जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख विना बास्तोला, नेपाली कांग्रेसबाट नगर प्रमुखको प्रत्यासी उम्मेदवार राजाराम खड्काले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

नगरपालिकाको प्रशासनकी भवन, सेमिनार हल, एमओइसी भवन, ६ वटा सहायक भवन, क्यान्टिन, गार्ड घर, नगरपालिकासम्म आउने भित्री बाटोको निर्माण हुने भएको छ । कूल रु. ४१ करोड ३४ लाख, २५ हजार ३७२ को……….

https://frontlinecheck.com/public/user/chagunarayan

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here