चुनाव जितेका र हारेका मेयर एकै कार्यक्रममा…
भक्तपुर । २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनका मुख्य प्रतिस्पधीहरु एकै ठाउँमा देखिए । यो दृश्य हो चाँगुनारायण नगरपालिका भक्तपुरको । तत्कालिन नेकपाबाट उम्मेदवार भएर जीत हासिल गरेका सोमप्रसाद मिश्र र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका राजाराम खड्का एकै कार्यक्रममा देखिएका हुन् ।
नगरपालिकाको नयाँ भवन निर्माण कार्य सुरु गर्न मंगल भएको एक कार्यक्रमका नगरप्रमुख मिश्रले आफ्ना सबै प्रतिस्पधीलाई बोलाएका थिए । त्यसैक्रममा अन्य दलका तर्फबाट उम्मेदवार भएकाहरु भने आएनन् । तर, मिश्रले कार्यक्रममा अतिथि बोलाएपछि खड्का आएका थिए ।






प्रतिक्रिया दिनुहोस्