रु २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
काठमाडाँै, २० असोज (रासस)ः नेपाल राष्ट्र बंैकले आज रु २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले राष्ट्र बंैकले १४ दिनको रिपो जारी गर्न लागेको जनाएको छ ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ३ गते परिपक्व हुने रिपो आज बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । यसअघि बंैकले गत असोज १३ गते रु ३० अर्ब रिपोमार्फत बजारमा पठाएको थियो ।
तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् । –––
प्रतिक्रिया दिनुहोस्