रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रवेश

१५ फागुन, किभ ।  रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रवेश गरेको छ। साथै रुसले युक्रेनी सहर नोभा काखोभकालाई पूर्ण रूपमा आफ्नो कब्जामा लिएको स्थानीय एक अधिकारीले जानकारी दिएका छन्।

रोयटर्सका अनुसार किभमा हवाई हमलाको चेतावनी जारी गरिएको छ। 

frontline

अर्कोतर्फ, खार्किभ क्षेत्रीय प्रशासन प्रमुखले केही सैन्य गाडीहरू शहरमा प्रवेश गरेको बताएका छन्।

धेरै रूसी सशस्त्र गाडीहरू उत्तर-पूर्वी शहरको सडकमा भिडिओमा देखिएका छन्।

 स्थानीय प्रशासनले मानिसहरूलाई घरभित्रै बस्न सडकमा ननिस्कन आग्रह अपील गरेको छ।

यसैबीच युक्रेनको दक्षिणी सहर नोभा काखोभकामा पनि रुसले कब्जा गरेको समाचार छ।

 युक्रेनी मिडिया रिपोर्टमा भनिएको छ कि यो सानो तर रणनीतिक रूपमा प्रसिद्ध शहर रूसले कब्जा गरेको छ। यो शहर क्रिमियामा पानी आपूर्ति गर्ने नदीको किनारमा छ।

सहरका मेयर भोलोडिमिर कोभालेन्कोले रुसी सेनाले सबै सरकारी भवनबाट युक्रेनी झण्डा हटाएको बताए।

 विश्लेषकहरूले युक्रेनको दक्षिणमा रुसी सेनाको गति सबैभन्दा सफल भएको बताएका छन्। अब रुसी खेरसन, मिकोलाइभ र मेलिटोपोल सहरहरूमा फर्किएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here