रुसी तेल खरिद गर्दा भारत–चीनमाथि ५०० प्रतिशत ट्यारिफ लाग्ने चेतावनी

 समाचार सारांश

  • अमेरिकाले रुसबाट तेल, ग्यास वा पेट्रोकेमिकल खरिद जारी राखे ५०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएको छ।
  • अमेरिकी सिनेटरले भारत र चीनले रुसबाट तेल खरिद गरिरहेको भन्दै उनीहरूमाथि पनि ट्यारिफ लगाउनुपर्ने बताए।
  • रुसले युक्रेनसँग शान्ति वार्ता नगरे अमेरिकाले ५०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएको छ।

वासिङ्टन डीसी । रुसबाट तेल, ग्यास वा पेट्रोकेमिकल खरिद जारी राखेमा उनीहरूमाथि ५०० प्रतिशत ट्यारिफ लगाइने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी सिनेटर रिचर्ड ब्लुमेन्थलले युक्रेनको राजधानी कीभमा यो कुरा भनेका हुन् । 

रुसबाट तेल, ग्यास र पेट्रोकेमिकल खरिद गर्ने कुनै पनि देशमाथि ५०० प्रतिशत कर लगाइनु पर्ने  भारत र चीनलाई लक्षित गर्दै उनले भनेका थिए ।  दुवै देश मिलेर रुसको ७० प्रतिशत तेल किनिरहेका छन् । 

frontline

रुसले भारत–चीन–रूस (आरआईसी) त्रिकोण पुनः सुरु गर्ने वकालत जोडतोडले गरिरहँदा अमेरिकाको यो बयान आएको हो । रुसले युक्रेनसँग शान्ति वार्ता गरेन भने अमेरिकाले उसमाथि पनि ५०० प्रतिशत ट्यारिफ लगाउने पनि सिनेटरहरू ब्लुमेन्थल र लिन्डसे ग्राहमले भनेका छन् । 

स्रोतका अनुसार रुसमाथि दबाब दिन नयाँ कानुन ल्याउने बारेमा पनि छलफल भइरहेको छ । यसले रुसबाट तेल, ग्यास र युरेनियम आदि खरिद गर्ने देशहरूमा ५०० प्रतिशत ट्यारिप लगाउने कुरा गरेको छ । यसबारे अर्को हप्ता अमेरिकी सिनेटमा छलफल हुन सक्ने बताइएको छ ।

#ट्यारिफ #अमेरिका #रुस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here