रुसी आक्रमणमा मरिउपोलमा मात्रै ५ हजार युक्रेनी मारिए

१५ चैत, काठमाडौं । रुसी आक्रमणमा युक्रेनको दक्षिणी सहर मरिउपोलमा मात्र झन्डै ५ हजार जना मारिएको युक्रेनी अधिकारीले जनाएका छन् ।

मरिउपोलको मेयरको कार्यालयका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले रुसी आक्रमढमा परी झन्डै ५ हजार मारिएको जनाएको हो ।

frontline

त्यस्तै मेयरको कार्यालयले मरिउपोलमा ९० प्रतिशत भवनमा क्षति पुगेको र ४० प्रतिशत ध्वस्त भएको पनि जानकारी दिएको छ ।

मरिउपोल युक्रेनको बन्दरगाह सहर हो । विभिन्न कारणले महत्त्वपूर्ण मानिएको सहरमा सुरुदेखि नै रुसी सेनाले आक्रमणको निसानामा पारेको हो । मरिउपोलमाथि नियन्त्रण कायम गर्न सके रुसले आफ्नो मूल भूभागबाट जमिनमार्फत क्राइमिया र डोन्बास पुग्ने बाटो पाउँछ ।

रुसले युक्रेनविरुद्ध पहिलो चरणको युद्ध सकिएको घोषणा गरेको छ । एक महिनाअघि युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले आफ्नो ‘रणनीति परिवर्तन गर्न’ युद्ध सकिएको घोषणा गरेको ठानिएको छ । रुसी रक्षा मन्त्रालयले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको दाबी गरेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here