रुसले २४ घण्टाभित्र युक्रेनमा आक्रमण गर्न सक्ने अष्ट्रेलियाका प्रधानमन्त्रीको चेतावनी

११ फागुन, अष्ट्रेलिया । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रुसले आगामी २४ घण्टाभित्र युक्रेनमा आक्रमण गर्न सक्ने बताएका छन्।

उनले अमेरिकी भनाइलाई समर्थन गर्दै युक्रेनमा रुसी आक्रमण प्रभावकारी रूपमा सुरु भइसकेको बताएका छन्। 

frontline

मोरिसनले रुस युक्रेनमाथि आक्रमण गर्ने अन्तिम बिन्दुमा रहेको बताए। उनका अनुसार आगामी २४ घण्टाभित्र युक्रेनमाथि रुसले आक्रमण गर्ने सम्भावना धेरै रहेको छ।

मोरिसनले यस्तो बेलामा उदार लोकतन्त्र भएका देशहरू एकजुट भएर अधिनायकवादी सोचको विरोध गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here