रुसले युक्रेनको बुचामा ३२० जनाको गोली हानी हत्या’
२३ चैत्र , किभ । युक्रेनी सहर बुचाका मेयरले रुसले आफ्नो कब्जाको क्रममा बुचामा करिब ३२० जनालाई गोली हानी मारेको आरोप लगाएका छन्।
बुचाका मेयर अनातोली फेडोरुकले रुसी सेनाले आफ्नो आँखाकै अगाडि धेरै मानिस मारेको देखेको बताए।
फेडोरुकले भने, ‘सामान्य मानिसहरूका तीनवटा कार किभतर्फ जान खोजिरहेका थिए र उनीहरूलाई गोली हानियो।
ती मध्ये एक कारमा गर्भवती महिला थिइन् जसका श्रीमानले उनलाई गोली हान्नुहोस् भनेर कराउँदै थिए! तर उनीहरूले निर्ममतापूर्वक गोली हाने।’
फोडोरुकले रुसी सेनाले कब्जाको क्रममा स्थानीय राजनीतिज्ञहरूको खोजी गरिरहेको आरोप पनि लगाए। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भने रुसी सैनिकलाई लगाइएको युद्ध अपराधको आरोप अस्वीकार गरेका छन्।
फेडोरुकले लाभरोफको भनाइमा भनेका छन्, ‘म चाहन्छु कि उनी बुचा सहरमा आए, मारिएकाहरूको शव हेरुन्, उनीहरूका परिवार, आमा, श्रीमान्, पत्नीको आँखामा हेरुन्, बच्चाहरूको आँखामा हेरुन् जो अनाथ भएका छन्।’ बीबीसी
प्रतिक्रिया दिनुहोस्