रुसले युक्रेनको चेर्निभ र कीभ बीचको पुल पार्‍यो ध्वस्त

११ चैत, किभ । रुसले युक्रेनको उत्तरी सहर चेर्निभ र राजधानी कीभ बीचको देस्ना नदीमा रहेको पुल ध्वस्त पारेको युक्रेनका अधिकारीहरूले बताएका छन्।

यसले चेर्निभदेखि कीभसम्मको यातायात सञ्चालनमा बाधा पुगेको छ।

frontline

युक्रेनको मानवअधिकार ओम्बड्सम्यान ल्युडमिला डेनिसोभले यो पुल सहरमा मानवीय सहायता पुर्‍याउन र फसेका नागरिकहरूलाई उद्धार गर्न प्रयोग भइरहेको बताए।

‘नगरमा बिजुली, खानेपानी छैन, यहाँ ग्यास पनि छैन, पूर्वाधार ध्वस्त भएको छ,’ उनले भने।

 क्षेत्रीय प्रशासनका प्रमुख व्याचेस्लाभ चाउसले एक भिडियो बयानमा सहायता अझै पठाइने र युक्रेनको विजयपछि नयाँ पुल बनाइने बताए। बीबीसी
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here