रुसलाई हानिकारक गतिविधि नगर्न बाइडेनको चेतावनी

काठमाडौं । एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई हानिकारक गतिविधिमा संलग्न भएमा त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेटवार्ताको एक साता पहिले बाइडेनले यस्तो चेतावनी दिनुभएको हो ।

frontline

यसै साताको अन्त्यमा बाइडेनले जेनेभामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटमा हतियार नियन्त्रण, जलवायु परिवर्तन, युक्रेनमा रुसी सैनिकको संलग्नता, रुसबाट हुने साइबर आक्रमण तथा रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीकाबारेमा कुरा हुने ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति बनेपछि पहिलो विदेश भ्रमणका लागि बेलायत पुग्नुभएका राष्ट्रपति बाइडेनले कुनै पनि प्रकारको हानी पुर्‍याउने गतिविधिमा संलग्न भएमा रुसले ठोस र अर्थपूर्ण परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको हो ।

सफोल्कस्थित अमेरिकी एअरबेसमा आफ्ना सैनिक र उनीहरुका परिवारलाई सम्बोधन गर्नेक्रममा बाइडेनले आफूले रुससँग तनाव नचाहेको, आफूहरुको उद्देश्य स्थायित्व र सामान्य सम्बन्ध भएको प्रष्ट गर्नुभयो ।

सहयोगी राष्ट्रहरुसँगको अमेरिकी सम्बन्ध बलियो बनाउने उद्देश्यले भ्रमणमा निस्केको पनि बाइडेनले स्पष्ट पार्नुभयो ।

निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिका कारण चार वर्षसम्म अमेरिका विश्व नेतृत्व गर्नबाट चुकेको थियो ।

बुधबार बेलुका बेलायत पुग्नुभएका बाइडनले बिहीबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गर्नुका साथै बेलायती महारानीसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

८ दिने युरोप भ्रमणका क्रममा बाइडेन विकसित देशहरुको समूह जी सेभेनको बैठकमा भाग लिनुहुनेछ ।

उहाँ नेटो सम्मेलनमा पनि सहभागी हुनुहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here