रुसमा बम विष्फोट, १५ जनाको मृत्यु

५ कार्तिक, मस्को : रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको टस समाचार एजेन्सीले जनाएको छ ।

घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए। औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जनाको शव भेटिएको छ ।

frontline

विष्फोटन पश्चात् १६० वर्ग किलोमीटर क्षेत्रमा लागेको आगो निभाइएको छ। विष्फोटनमा कार्यशाला भवन पूर्णरुपमा ध्वस्त भएको छ । घटनाको कारण अझै पत्ता लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here