रुसमा पुन संक्रमण बढ्यो, विद्यालय, पसल र रेष्टुरेष्ट बन्द
११ कार्तिक, मस्को : रुसमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि बढेको छ । रुसको राजधानी मस्कोमा कोरोना भाइरसको संक्रमण बढेपछि त्यहाँको सरकारले विद्यालय, पसल र रेष्टुरेष्टहरु बन्द गराएको छ।
रुस सरकारले मस्कोका सुपरमार्केट र औषधि पसल मात्र खुलाउने अनुमति दिएको छ । खाद्यान्य पसलहरु मात्र खुला छन् तर थोरै समयमा आवश्यक सामग्रीहरु किन्न सरकारले स्थानीयलाई निर्देशन दिएको छ।
रुसले काेरोना जोखिमका कारण मुलुकभरका कामदारलाई नौ दिन बिदा दिएको छ । गत २४ घण्टामा रुसमा १ हजार १ सय ५९ सर्वसाधारणको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अहिलेसम्म रुसमा कोरोनाबाट झण्डैं २ लाख ३० हजारको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्