रुसमा एकैदिनमा भएको कोरोना सङ्क्रमणदर अहिलेसम्मकै धेरै
२१ माघ, काठमाडौं । रुसमा गएको २४ घन्टायता एकैदिनमा भएको कोरोना भाइरस सङ्क्रमणदर सबैभन्दा धेरै भएको बताइएको छ ।
यहाँ बिहीबार अघिल्लो २४ घन्टायता एक लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखा परेको छ ।
यो संख्या एकैदिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ ।
यहाँ अहिलेसम्ममा तीन लाख ३३ हजार ३५७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । रुसमा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरूको संख्या बढेको पनि पाइएको छ ।
रुसमा सबैभन्दा बढी यहाँको राजधानी मस्को प्रभावित भएको छ । अहिले देखिएका सङ्क्रमितहरूमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् ।
यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरूको तुलनामा बढी नै फैलिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्