रुसमाथि कडा नाकाबन्दी लगाउने अमेरिकी राष्ट्रपतिको घोषणा

१३ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसले युक्रेनमाथि गरेको सैन्य हमलाको निन्दा गरेका छन् ।

राष्ट्रपति वाइडेनले अमेरिका र उसका  पक्षधर मुलुकहरुले रुसमाथि कडा नाकाबन्दी लगाउने समेत घोषणा गरेका हुन् ।

frontline

अमेरिकी राष्ट्रपति वाइडेनले युक्रेनका समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई टेलिफोन गरी रुसमाथि प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समर्थन जुटाउन आफू लागि परेको बताएका छन् ।

युक्रेनमाथि रुसले गरेको आक्रमणलाई राष्ट्रपति वाइडेनले उत्तेजक र अनुचित भन्दै गहिरो निन्दा गरेको बीबीसीमा समाचार छ ।

राष्ट्रपति वाइडेनले युक्रेनमाथिको आक्रमणको निन्दा गर्दै त्यहाँका जनताको पक्षमा उभिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्  ।

‘हामी युक्रेन र युक्रेनी जनतालाई समर्थन र सहयोग जारी राख्नेछौं,’ वाइडेनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here