रुसबाट सेन्ट पिटर्सबर्ग गइरहेको विमानका पाइलटको उडानकै क्रममा मृत्यु

५ असोज, काठमाडौं । रुसको नोभोकुज्नेत्स्कबाट सेन्ट पिटर्सबर्ग गइरहेको बोइङ विमानका पाइलटको उडानकै क्रममा मृत्यु भएको छ । 

ती पाइलट ककपिटमै बितेपछि कोपाइलटले ओम्स्क विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । 

frontline

घटना आइतवार बेलुकी ७ः४० मा भएको हो । 

भीएम डट् रु नामक रुसी समाचार वेबसाइटले दिएको समाचारअनुसार, एम्बुलेन्स टोली विमान अवतरण गर्नुभन्दा १० मिनेटअघि विमानस्थल पुगेको थियो । 

उडानका क्रममा पाइलटको स्वास्थ्य बिग्रेको थियो । त्यसपछि कोपाइलटले विमानलाई ओम्स्क विमानस्थलमा अवतरण गरेका थिए । 

पाइलटको निधन के कारणले भएको भनी खुलाइएको छैन । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here