रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने राष्ट्रपति जेलेन्स्कीको चेतावनी

फाइल तस्बिर

७ चैत, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफ्नो देशमा रुसको आक्रमण नरोकिए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन् ।

आइतबार अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले उक्त चेतावनी दिएका हुन् ।

frontline

रुसले २६ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आक्रमणबाट जनधनको धेरै क्षति भएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध रोक्ने एकमात्र उपाय वार्ता भएको बताएका छन् ।

उनले वार्ताका लागि कुनै पनि तरिका र सम्भावनाको उपयोग गर्नुपर्ने बताएका छन् ।

यसअघि रुस र युक्रेनी अधिकारीबीच बेलारुसमा भएको वार्ता निष्कर्षविहीन भएको थियो ।

अहिले टर्कीले दुवै देशका अधिकारीलाई वार्तामा बसाउने पहल गर्दै आएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्झौताको नाममा रुससँग आत्मसमर्पण भने नगर्ने स्पष्ट पारेका छन् ।

उनले यदि युक्रेन नेटोको सदस्य भएको भए यो युद्ध नै हुँदैनथ्यो भनेका छन् ।

रुस भने युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here