रुपन्देही २ को मतगणना पुनः सुरु

फाइल तस्बिर

९ मंसिर, बुटवल । रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पुनः सुरु भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि रोकिएको मतगणना पुनः सुरु भएको हो ।

मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि नेकपा एमाले इतरका दलका प्रतिनिधिहरुले मतगणना अघि बढ्न दिएका थिएनन् ।

frontline

मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा मतपत्रको संख्या बढी नभएको निर्वाचन अधिकृत उद्वीर नेपालीले बताए ।

८१ हजार मतमध्ये ६ हजार मत गन्न बाँकी छँदा मतगणना अवरुद्ध भएको थियो ।

मतगणना अवरुद्ध हुनुअघि एमालेका उम्मेदवार विष्णु पौडेल एक हजार बढी मतले अग्रता लिंदा दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र तेस्रो स्थानमा सत्ता गठबन्धन समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here