रुपन्देही २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध, पुनः मतदानको माग

फाइल तस्बिर

९ मंसिर, बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको छ । मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले पुनः मतदानको माग गर्दै विरोध गरेपछि मतगणना रोकिएको हो ।

मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि एमाले इतरका दलका प्रतिनिधिहरुले मतदान अघि बढ्न नदिएका हुन् ।

frontline

८१ हजार मतमध्ये ६ हजार मत गन्न बाँकी छँदा मतगणना अवरुद्ध भएको हो । सत्ता गठबन्धनमा आवद्ध दल र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

लुम्बिनी वाणिज्य क्याम्पस ‘ड’ बुथमा ३८८ जना महिला र पुरुष २४१ गरी ६२९ मत खसेको मुचुल्कामा उल्लेख भएको तर उक्त तथ्यांकलाई निर्वाचन कार्यालयको कम्युटरमा प्रविष्ट गर्ने समयमा महिलाको संख्या फरक पर्न गएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here