रुखमा झुन्डिएको अवस्थामा बझाङमा एकै परिवारका तीन जना मृत फेला

२५ साउन, धनगढी । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र उनका दुई जना छोराछोरी मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

frontline

उनका अनुसार उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले  जिल्लाबाट आएका प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ गएको छ ।

स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिएको छ ।

मृत भेटिएकी महिलाका श्रीमान पुष्करले आफू निन्द्रामा भएका कारण घटनाबारे केही थाहा नपाएको बताएका छन् । उनी मंगलबारमात्रै भारतको पिथौरागढबाट घर आएका थिए ।

‘म त थाकेको थिएँ, निदाइहालेँ’, उनको भनाइ उधृत गर्दै एक स्थानीयले भने, ‘बिहान छिमेकीले श्रीमती खोइ भनेपछि खोजी गरेका हौं ।’

घाँस काट्न गएकी स्थानीय महिलाले झुण्डिएको अवस्थामा देखेपछि घटना बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here