रास्वपाका ३ मन्त्रीको राजीनामा स्वीकृत

२३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

frontline

साथै राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्‍मेवारी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार सरकारी निवास वालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति : 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here