रास्वपाका नेता–कार्यकर्ता पक्राउ, प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी

पार्टी सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरिरहेको छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो । 

प्रदर्शनका क्रममा रास्वपाका ३३ जना नेता कार्यकर्तालाई पक्राउ पगरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरुलाई विभिन्न प्रहरी वृत्तमा राखिएको छ।  प्रदर्शनको सुरुमै केही नेता कार्यकर्ता पक्राउ परेपनि अहिले निषेधित क्षेत्र नजिक रास्वपाको प्रदर्शन जारी छ । सो क्रममा नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here