रासायनिक मल र कीटनाशक औषधि नचिन्ने गाउँपालिका
नेपालको कृषि बाली रासायनिक मलको प्रयोगमा टिकेको छ । सामान्यतयाः हाम्रो खेतबारीमा फल्ने हरेक प्रकारका तरकारी तथा अन्नबालीमा नाइट्रोजन, फस्फोरस र पोटासयुक्त मलको प्रयोग गरिरहेका हुन्छौँ । साथै डिएपी र युरियाजस्ता रासायनिक मलमा निर्भर छ ।
तर, रासायनिक मलको प्रयोगले केही समयको लागि उत्पादन बढाए पनि दिगो रुपमा नकारात्मक असर पु¥याउने विभिन्न अध्ययनले पुष्टि गरिसकेका छन् । रासायनिक मलले माटोमा अम्लियपन बढाउँनुका साथै माटोको उर्वराशक्तिमा ह्रास ल्याइरहेको हुन्छ ।
माटोको उर्वराशक्ति संरक्षण गर्ने विकल्प भनेको प्राङ्गारिक मलको प्रयोग हो । हाम्रो गाउँघरमा पालिने पशुको मलमुत्र र कुहिने फोहोरबाट तयार हुने प्राङ्गारिक मलले माटोमा पोषक तत्व बढाउनुका साथै स्वस्थकर कृषि उपज उत्पादन हुन्छ । यतिमात्र नभई दीर्घकालीन रुपमा माटोको शक्ति जोगाउँछ ।
प्रतिक्रिया दिनुहोस्