राससका अध्यक्षद्वारा कार्यालय निरीक्षण
विराटनगर, १८ असोज (रासस) : राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले मेहनत र कर्म गरेर नै राससलाई उचाइमा पु¥याउन सकिने बताउनुभएको छ ।
रासस प्रदेश नं १ कार्यालय विराटनगरको आज बिहान निरीक्षण एवं अवलोकन गर्ने क्रममा कर्मचारीलाई निर्देशन दिँदै उहाँले नेपाली जनतालाई एकसूत्रमा बाँध्न राससले उच्च भूमिका निर्वाह गरिरहेको चर्चा गर्नुभयो ।
अध्यक्ष अधिकारीले असहज परिस्थितिबाट सहज परिस्थितिमा राससलाई लैजान योजनाबद्धरुपले अघि बढ्नुपर्ने धारणा राख्दै राससमा उपयोगमा नआएका तथा भएका भौतिक सम्पतिलाई प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।
राससको ऐतिहासिकता तथा महत्वलाई जोगाउन राससभित्रका कर्मचारीको भूमिका आवश्यक रहेको उल्लेख गर्दै उहाँले रासस विभिन्न समाचार संस्थाहको प्राण रहेको सुनाउनुभयो ।
उहाँले ६० वर्षको लामो इतिहास बोकेको रासस अहिले पनि रासस ऐन –२०१९ बाट नै सञ्चालित रहेकाले यसमा राज्यले पनि ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
लोकतन्त्रलाई बलियो बनाउन राससको भूमिकालाई नजरअन्दाज गर्न नसकिने उल्लेख गर्दै अध्यक्ष अधिकारीले रासस स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार बलियो बनाउने दिशातर्फ अग्रसर रहेको बताउनुभयो ।
उहाँले रासस प्रदेश कार्यालयलाई स्थानीय तह र प्रदेश सरकारबाट भएको सहयोगको सराहना गर्दै यी दुवै संस्थालाई धन्यवाद पनि दिनुभयो ।
सो अवसरमा रासस प्रदेश नं १ कार्यालयका प्रमुख मोहम्मद सदरुलले कार्यालयको गतिविधि एवं समाचारका बारेमा जानकारी गराउनुभएको थियो ।
राससका प्रशासन प्रमुख उत्तम सिलवाल र लेखा प्रमुख रुद्रमणि अधिकारीको पनि उपस्थिति थियो । –––
प्रतिक्रिया दिनुहोस्