राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ निक्षेप उठाउँदै

बुधबार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बैंकमा पर्याप्त तरलता देखिए पछि केन्द्रीय बैंकले बोलकबोल मार्फत २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो ।

भोलि बिहीबार अपरान्ह ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकवोल हुने राष्ट्र बैंकले बताएको छ । यसरी संकलन हुने निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकले बताएको छ ।

frontline

राष्ट्र बैंकका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले घटीमा ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने छ ।

यो निक्षेप राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न सकिने छ भने बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ । यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्ने शर्त राष्ट्र बैंकले तोकेको छ ।

यसैगरी निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here