राष्ट्र निर्माण सम्बन्धी खाका तयार गर्न रास्वपाले बनायो मिसन ब्लु-प्रिन्ट कार्यदल

६ सदस्यीय कार्यदलको संयोजक वाग्ले र अर्याल

उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो ।

१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रनिर्माण सम्बन्धी खाका तयार गर्न मिसन ब्लु-प्रिन्ट कार्यदल गठन गरेको छ ।

frontline

सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सदस्य छन् ।

त्यस्तै, पार्टीले लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई जिम्मेवारी दिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।

रास्वपा

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here