राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्वनिर्धारित बैठक स्थगित

१३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको छ ।  केन्द्रीय समितिको निर्णय बमोजिम पार्टीले माघ १४ देखि सबै प्रदेशमा प्रदेश समितिहरूको विस्तारित बैठक आह्वान गरेको थियो ।

तर, आज  सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकता अवैध भएको ठहर गरेसँगै पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको हो। 

frontline

यस्तै संगठन विस्तारका सबै कार्यक्रमहरू पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रवक्ता मुकुल ढकालले जनाएका छन् ।

साथै पार्टीले सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुलाई संयमता साथ प्रस्तुत हुनसमेत सूचनामार्फत अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here