राष्ट्रिय सुरक्षा सल्लाहकारबाट ट्रम्पले वाल्ट्जलाई हटाए, नयाँ जिम्मेवारी दिए

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट हटाएर माइक वाल्ट्जलाई नयाँ जिम्मेवारी दिएका छन्। ट्रम्पले ट्रुथ सोसलको पोस्टमा यो घोषणा गरेका हुन् । 

‘युद्धभूमिमा वर्दीमा हुँदा, कांग्रेसमा हुँदा, र मेरो राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा, माइक वाल्ट्जले हाम्रो राष्ट्रको हितलाई प्राथमिकतामा राख्न कडा परिश्रम गर्नुभएको छ। मलाई थाहा छ उहाँले आफ्नो नयाँ भूमिकामा पनि त्यस्तै गर्नुहुनेछ,’ उनले लेखे। ट्रम्पले उनलाई संयुक्त राष्ट्र संघको अर्को राजदूतको रूपमा मनोनीत गर्नेछन्।

frontline

ट्रम्पले वाल्ट्जको ठाउँमा विदेशमन्त्री मार्को रुबियोले तत्कालका लागि राष्ट्रिय सुरक्षा सल्लाहकारको अतिरिक्त जिम्मेवारी सम्हाल्ने बताएका छन्।

वाल्ट्जले ट्विटरमा राष्ट्रपतिको घोषणाको स्क्रिनसट पोस्ट गर्दै लेखेका छन्, ‘राष्ट्रपति ट्रम्प र हाम्रो महान् राष्ट्रको सेवा जारी राख्न पाउँदा म गहिरो सम्मानित छु ।’ उनले लेखे।
संवेदनशील सैन्य योजनाहरू छलफल भइरहेको च्याट ग्रुपमा गल्तीले एक पत्रकार थपेकोमा वाल्ट्जले हालै आलोचनाको सामना गर्नु परेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here