राष्ट्रिय सम्मानका साथ शताब्दी पुरुष सत्यमोहनको विदाई

३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ विदाई गरिएको छ । आइतबार बिहान १०३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिएको थियो ।

मृत्युपश्चात जीवनदान गरेका जोशीलाई आइतबार अपराह्न ललितपुर महानगरपालिका परिसरमै राष्ट्रिय सम्मान स्वरुप नेपाल प्रहरीको एक टुकडीले सलामी चढाएको थियो । शोक सलामीपछि जोशीको पार्थिव शरीर ललितपुरस्थित किष्ट अस्पताललाई हस्तान्तरण गरिएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here