राष्ट्रिय सभा सदस्य उपचुनावमा पाँच दल सहभागी हुने

फ्रन्टलाइन राजनीति । बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपचुनावमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् । उपचुनावका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले),नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आयोगमा दल दर्ता गराएको आयोगले जानकारी गराएको छ ।

उपचुनावका लागि एमालेलाई सूर्य र क्रम एक, कांग्रेसलाई रुख र क्रम दुई, नेकपा (माओवादी केन्द्र) लाई गोलाकारभित्र हँसिया हथौडा चिह्न र क्रम तीन, राप्रपालाई हलो चिह्न र क्रम चार तथा नेमकिपालाई मादल चिह्न र क्रम पाँचको क्रममा मतपत्रमा समावेश गरिने भएको छ ।

frontline

आउँदो जेठ ६ गते बिहीवार हुने प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपचुनावका लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने आयोगले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here