राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा कांग्रेसका शाही र एमालेका रखाल निर्वाचित

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आइतबार भएकोे निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाई हराउँदै गठबन्धनले विजयी हाँसिल गरेको हो ।

गठबन्धनबाट नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति समेत रहेका ललितजंग शाही र नेकपा एमालेका केन्द्रीय सदस्य मीनासिंह रखाल विजयी भएका हुन् । कर्णालीबाट राष्ट्रिय सभामा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेसका शाहीले तीन हजार दुई सय ७८ मतभारसहित विजयी भएका छन् ।

frontline

उनका प्रतिद्धन्द्धी नेकपाका बुद्धिप्रसाद शर्माले एक हजार छ सय ३९ मतभार ल्याएका छन् । त्यस्तै नेकपा एमालेका मीनासिंह रखालले तीन हजार एक सय ४५ मतभारसहित विजयी हुँदा नेकपाकी अञ्जु महताराले एक हजार सात सय ३४ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिए ।

आइतबार भएको निर्वाचनमा कर्णालीमा ९६.४६ प्रतिशत मत खसेको थियो । राष्ट्रिय सभा निर्वाचनका लागि एक सय ९८ मतदाता रहेकोमा तोकिएको मतदान अवधी दिउँसो ३ बजेसम्म एक सय ९१ मत खसेको थियो । प्रदेश सभाका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए भने राप्रपाकी प्रदेश सभा सदस्य सन्तोषी शाहीले मतदान बहिस्कार गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here