राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय निर्वाचित
काठमाडौं । लुम्बिनी प्रदेशको एक रिक्त पदका लागि सोमबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित हुनुभएको छ ।
नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराउँदै पाण्डेय निर्वाचित हुनुभएको हो । पाण्डेयले ४१४० मत ल्याउँदा खड्काले ३५९४ मत पाउनुभयो ।
पाण्डेयलाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सहयोग गरेको थियो ।
लुम्बिनी प्रदेश सभामा एमालेबाट निर्वाचित हुनुभएका पाण्डेयले गत वैशाख १९ गते राजीनामा दिनुभएको थियो । उहाँ २०७४ सालको निर्वाचनअघिमात्रै कांग्रेसबाट एमाले प्रवेश गर्नुभएको थियो ।
माओवादी केन्द्रबाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि राष्ट्रिय सभामा एक पद रिक्त भएको थियो ।
उपनिर्वाचनमा कूल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्