राष्ट्रिय सभा अध्यक्ष र विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता

जेनेभा । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले जेनेभामा विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन् । जेनेभामा जारी अन्तर व्यवस्थापिका संघ (क्ष्एग्) को १५१ औँ महासभामा सहभागिताका लागि जेनेभामा रहेका राष्ट्रिय सभाका अध्यक्ष दाहालले विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।अध्यक्ष दाहालले महासभामा सहभागी हुन आएका संयुक्त अधिराज्य (बेलायत), जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।ब्कष्ब एबअषष्अ न्चयगउ को अध्यक्ष समेत रहेका चिनियाँ नेता ह्गभष्वगल त्ष्बल नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधि मण्डल, ँबदष्बल ज्बmष्तियल नेतृत्वको वेलायती संसदीय प्रतिनिधि मण्डल र क्गलष् िध्बतबनबबि नेतृत्वको श्रीलङ्काको संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको थियो ।सबै भेटमा राष्ट्रहरूबीचको आपसी सम्बन्ध, संसदीय मैत्री समूहमार्फत् संसदीय अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य र सहयोग लगायतका विषयमा छलफल भएको थियो ।अध्यक्ष दाहालले नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए ।त्यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निमाण र नयाँ निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गरे । भेटमा अध्यक्ष दाहालले जलवायु परिवर्तनको असर नेपालीले प्रत्यक्ष भोगिरहेको प्रसङ्ग उल्लेख गर्दै विकासोन्मुख देशहरूलाई विश्व समुदायले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here