राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने

३ मङ्सिर, काठमाडौं । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् ।

frontline

साथै राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here