राष्ट्रपति र प्रधानमन्त्रीको फोटो इडिट गरी टिकटक बनाइ सार्वजनिक गर्ने व्यक्ति पक्राउ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो इडिट गरी टिककट भिडियो बनाएर सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्यूरोका अनुसार उक्त कार्यमा संलग्न रहेको आरोपमा झापाको मेचीनगर नगरपालिका–६ बस्ने सोमप्रसाद घिमिरेलाई पक्राउ गरिएको हो ।

frontline

उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

जिल्ला अदालतको आदेशले घिमिरेलाई ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here