राष्ट्रपति भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी

२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ फेरि संसद्‌मा पेस हुँदैछ ।

आज बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा यो विधेयकमाथि छलफल हुने भएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

frontline

प्रतिनिधि सभाले बिहीबारका लागि जारी गरेको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिद्वारा सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत हुने उल्लेख छ। आज नै प्रतिनिधि सभाबाट पारित गराएर राष्ट्रिय सभामा पठाउने सरकारले तयारी गरेको छ ।

बैठकमा गृहमन्त्री खाणले सुरुमा राष्ट्रपति कार्यालयबाट सन्देशसहित आएको विधेयक पुनर्विचार गरियोस् भनि प्रस्ताव पेस गर्ने छन् । उक्त प्रस्तावमा सांसदहरुले आफ्नो धारणा राख्नेछन् ।

मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरि प्रतिनिधि सभामै फिर्ता पठाइदिएको नागरिकता विधेयकलाई पुनः अघि बढाउने सहमति गरेको थियो ।

नागरिकता विधेयकमा यसअघि नै राखिएका प्रावधानलाई संशोधन नगरिकन नै संसदबाट पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने गठबन्धनका दलहरूले निर्णय गरेका छन् ।

सरकारले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here