राष्ट्रपति पुगिन् गुहेश्वरी-गौरीघाट अस्ताउँदो सूर्यलाई अर्घ दिन

२४ कात्तिक, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी छठ पर्वको अवसरमा बुधबार काठमाडौंको गुहेश्वरी-गौरीघाट पुगेकी छन्। भण्डारी छठका लागि सिंगारिएको गुहेश्वरी-गौरीघाटको अवलोकन लागि सहभागी भएकी हुन्। 

भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छन्। कात्तिक शुक्ल षष्ठी तिथिका दिन जनकपुरधामसहित संघीय राजधानी काठमाडौंका साथै नेपाल र भारतमा धुमधामका साथ मनाइने निकै चर्चित पर्वको हो छठ। 

frontline

सूर्यको उपासनाको पर्वमा छठी माताको पूजा गरिन्छ। साँझ अस्ताउँदो र भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विसर्जन हुने गर्छ। निकै पवित्र, सफा सुग्घर र निष्ठापूर्वक मनाइने लोकपर्व धेरै दृष्टिकोणबाट मननयोग्य छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here