राष्ट्रपति निवासभित्र रहेको बगैँचामा हरिणको आक्रमणबाट सेनाको मृत्यु

२१ पुस, असुनसियन ।  दक्षिण अमेरिकी मुलुक पाराग्वेमा राष्ट्रपति निवासभित्र रहेको बगैँचामा हरिणको आक्रमणबाट एक सेनाको मृत्यु भएको छ।

४२ वर्षीय सेर्जेन्ट भिक्टोर आइज्यासीको हरिणको आक्रमणबाट मृत्यु भएको हो।

frontline

राजधानी असुनसियन नजिकै रहेको राष्ट्रपति निवासमा रहेको सो हरिण भारतले उपहारस्वरुप पाराग्वेलाई  दिएको थियो।

उपहारस्वरुप राष्ट्रपति निवासमा राखिएको सो हरिणको आक्रमणबाट आफ्ना सेनाको मृत्यु भएको पाराग्वेको सेनाले जानकारी दिएको छ। 

राष्ट्रपति निवासको सीसीटीभी फुटेजमा देखिएअनुसार आक्रमणमा पर्नुअघि ती सेना हरिण नजिक गएका थिए। लगत्तै उनीमाथि हरिणले आफ्नो सिङले आक्रमण गरेको थियो।

आक्रमणपछि गम्भीर घाइते बनेका भिक्टोरलाई उपचारका लागि सैनिक अस्पताल पुर्‍याइएको थियो। उपचार हुनुअघि नै उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। 

जंगली हरिणहरु सो बगैँचामा छोडिएकाले र आफूमाथि आक्रमण हुनसक्ने डरले हरिणले उनीमाथि आक्रमण गरेको हुनसक्ने सेनाका प्रवक्ता कोलोनियल भिक्टोर युर्दापिलेटाले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here