राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतको रोक

१ माघ, वासिङ्टन डिसी । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि रोक लगाएको छ।
ठूला कम्पनीका कर्मचारीहरुले खोप र मास्क अनिवार्य लगाउनु पर्ने र हरेक हप्ता कोरोना परिक्षण गर्नुपर्ने बाइडेनको नीतिलाई सर्वोच्च अदातले रोक लगाएको हो।




कम्तीमा १ सय कर्मचारी कार्यरत कम्पनीमा सो खोप नीति लागु हुने बताइएको थियो। जसमा करिब ८ लाख ४० मानिसमा सो नीति लागु हुने अनुमान गरिएको थियो।
कोभिड-१९ महामारीविरुद्धको लडाईमा सो खोप नीतिले सघाउ पुग्ने बाइडेन प्रशासनले जनाउँदै आएको छ।
सर्वसाधारण नागरिकको जीवन रक्षाका निम्ति आफूले ल्याएको नीतिलाई सर्वोच्च अदालतले रोक लगाउँदा आफू निराश बनेको राष्ट्रपति बाइडेनले बताएका छन्।
सर्वोच्च अदालतका न्यायधिसहरुले सो खोप नीति बाइडेन प्रशासनको अधिकारभन्दा बाहिर रहेको भन्दै रोक लगाएका हुन्।
यद्यपि, सरकारी कोषबाट चलेका स्वास्थ्य केन्द्रहरुमा कार्यरत कर्मचारीले खोप लगाउनुपर्ने बाइडेनको नीतिलाई भने न्यायधिसहरुले मान्यता दिएका छन्।
प्रतिक्रिया दिनुहोस्