राष्ट्रपति, उपराष्ट्रपतिकाे निर्वाचनकाे प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

फाइल तस्बिर

१८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिकाे निर्वाचनकाे आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएकाे छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

frontline

साथै रिक्त रहेको राष्ट्रिय सभा सदस्यको लागि समेत निर्वाचनकाे प्रक्रिया अघि बढाउन आयोगका पदाधिकारीलाई उहाँले आग्रह गर्नुभएकाे हाे ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलहरुबीच छलफल गर्ने र एउटा निष्कर्षमा पुग्ने प्रधानमन्त्री दाहालको सचिवालय जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here