राष्टिय डार्टस प्रतियोगिताकाे दसौं संस्करण काठमाडौंमा सम्पन्न

१२ वैशाख, काठमाडौं । नेपाल डार्टस संघको आयोजनामा दसौं राष्टिय डार्टस प्रतियोगिता २०७९काे दसौं संस्करण काठमाडौंमा सम्पन्न भएकाे छ।

देशै भरि बाट छनौट भएका उत्कृष्ट ३२ खेलाडी हरू बीच तिब्र प्रतिस्प्रधा भएको उक्त प्रतियोगिता COVID 19 को महामारी पछीकाे सर्वोत्कृष्ट प्रतियोगिता भएको संघका महासचिव सुदर्शन जमकटेलले जानकारी गराउनु भयो।

frontline

आगामी दिनमा विद्यालय,कलेज, कर्पोरेट हाउस, लगायत सम्पूर्ण क्षेत्रमा व्यापक रूपमा यस खेललाई विस्तार गरी नयाँ ढंगबाट प्रस्तुत हुने जानकारी कार्यक्रम संयोजक प्रधुम्न न्यौपानेले बताउनु भयो। करिब २ लाख लागतमा सम्पन्न भएकाे उक्त प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो स्थान प्राप्त खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्मान कार्यक्रम पनि गरिएको संघका केन्द्रीय सदस्य एवम् प्राविधिक संयोजक वीनुप राज खनालले जानकारी गराउनु भयो।

प्रजित बस्नेत प्रथम, तथा आभास पौडेलले दोस्रो स्थान प्राप्त गर्नु भयो । साथै आगामी साउन महिनाकाे दोस्रो हप्ता कर्पोरेट हाउस डार्टस हुने जानकारी संघका महासचिव सुदर्शन जमकटेलले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here