रामेछापमा पनि निषेधाज्ञा

मंगलबार राती १२ बजे देखी लागुहुने निषेधाज्ञा

रामेछाप । रामेछाप नगरपालिकाले मंगलबार राती १२ बजे देखी लागुहुने गरी नगरपालिकाका सबै बजारहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्वब्यापी महामारीको रूपमा फैलिरहेकोे कोभिड–१९ को संक्रमण नेपाल सहित रामेछापमा पनि फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

श्रोत:ईन्टरनेट

नगरपालिकामा सोमबार बसेको बैठकले रामेछाप बजार,साँघ्ुटार बजार लगायत नगरका सबै बजारहरु २७ गते राति १२ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो । साथै अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न समेत निषेध गर्ने निर्णय भएको छ ।

frontline
मन्थली बजार

यसअघि जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली नगरपालिकाको बजारहरु र गोकुलगंगा गाउँपालिकाको १,४ र ५, नम्बर वडालाई जोखिम युक्त क्षेत्र तोकी निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ ।

श्रोत:ईन्टरनेट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here