रामशरण महत : सरकारलाई पूर्णता दिन नसक्नु देउवाको अक्षमता

शुक्रबार, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले मन्त्रीमण्डल विस्तारमा भइरहेको ढिलाइले प्रधानमन्त्री शेरबहादुर देउवाको अक्षमता देखिने भएकाले जतिसक्दो चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् ।

‘सरकारलाई पूर्णता दिनका लागि ढिलाई भयो, सरकार गठन भएको यत्तिका दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, यो गलत कुरा हो ।

frontline

धेरै ढिला गरिए यसले हाम्रो अक्षमता पुष्टि गर्छ,’ महतले भने, ‘सत्तापक्षीय गठबन्धनमा आवद्ध दलहरुसँगको सहमतिमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ । अब ढिलाई गर्नुहुँदैन् ।’

बुधबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले वर्तमान सरकारले यसअघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरीहरु सच्याउनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here