रामधुनी नगरपालिकाको मेयर उपमेयर दुवै पदमा एमाले विजयी
५ जेठ, सुनसरी । सुनसरीको रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।
एमालेका उम्मेदवार शंकरलाल चौधरीले १३ हजार ३७२ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्थी नेपाली कांग्रेसका सुदिप अधिकारीले ११ हजार ४०५ मत ल्याएर पराजित भए ।
यस्तै नगरपालिकाको उपमेयरमा एमालेकी तारा थापाले १२ हजार २२० मत ल्याएर निर्वाचित भएकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी आशा कुमारी चौधरीले १० हजार ४९३ मत ल्याएर हारिन् ।
प्रतिक्रिया दिनुहोस्