रामजानकी विवाह पञ्चमी महोत्सवको चौथो दिन मा तिलकोत्सव कार्यक्रम गरी मनाइँदैै

२० मंसिर,जनकपुर । रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत आज चौथो दिन जनकपुरमा तिलकोत्सव कार्यक्रम गरी मनाइँदैैछ ।

सो अवसरमा एकसय एकवटा पाहुर लिएर जानकी मन्दिरका महन्थ राम मन्दिर जाने र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थबीच सम्धी मिलन गरिन्छ।

frontline

विवाह पञ्चमी अन्तर्गत आइतबार जानकी मन्दिरमा बनाईएको मञ्चमा धनुष तोडिएको थियो । त्रेतायुगमा भगवान रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाह पञ्चमीको समयमा जनकपुरमा धनुष यज्ञ हुन्छ ।

सात दिवसीय विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष भइसकेको छ । 

रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजन आउने क्रम जारी छ ।

जनकपुरधाममा जारी रहेको सीताराम विवाह महोत्सवको क्रममा जनकपुरधाममा तीन दिन सम्म दीपावली मनाइने भएको छ ।

गौ संरक्षण मंच नेपाल जनकपुरधामले महोत्सवलाई अझै आकर्षक बनाउन जनकपुरधाम नगर क्षेत्रमा मंसिर २१ देखि २३ गते सम्म घर–घरमा दीपावली मनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here