रामग्राममा बालश्रम अनुगमन तीव्र; बाल श्रमिकको उद्धार

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने बाल श्रम को अनुगमन तीव्र गतिमा भएको छ ।ही चैत्र मसान्त सम्म बालमैत्री स्थानीय शासन घोषणाको लक्ष्य राखेको रामग्राम नगरपालिकाले बालमैत्री नगर घोषणाका लागि बालश्रम अनुगमको पनि तिब्रता दिए सँगै एक जना निकिष्ट प्रकारको बाल श्रमिकको उद्धार समेत गरेको छ ।

बालबालिकालाई श्रममा संग्लन नगराउने कार्यको सन्देश सहित नगर स्तरीय बाल श्रमको अनुगमन रामग्राम नगरपालिकाको अगुवाई र मैत्रीसमाज नेपालको समन्वयमा परासी बजार लगायत नगरको विभिन्न वार्डमा अनुगमन गरिएको छ ।

frontline

परासी बजारमा होटल वर्कशप,मिष्ठान भण्डार ,ग्रिल उद्योगहरुमा अनुगमन गरिएको नगरपालिकाकी उपप्रमुख रम्भा कुवँरले जानकारी दिईन । उनका अनुसार “रामग्राम नगरपालिकाको वडानं १८ मा रहेको एक ईटाभट्टमा पनि बालबाललिका श्रामको रुपमा रहेको नरहेको भनी अनुगमन गरिएको तर त्यस ईटाभाट्टमा कुनै पनि बालबालिका बाल श्रम नरहेको भेटिएको बताईन ।

अनुगमनको क्रममा परासी बजारमा रहेको लक्ष्मी मिष्ठान भण्डार र वर्कशपमा श्रमीक बालबालिका रहेको पाईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताए । वर्कशपमा काम गर्ने एक बालक भारतीय रहेको र मिष्ठान भण्डारमा काम गरेको बालक रामग्राम वडानं १८ बस्ने १२ बर्षका बालक रहेको पन्थीले जानकारी दिए । उनको अनुसार वर्कशपमा काम गर्ने एक भारतीय बालकलाई अभिभावकको जिम्मा लागउन सम्बन्धीत बर्कशप संचालकलाई निर्देशन दिदै अब उपरान्त १८ बर्ष मुनिका बालबालिकलाई बाल श्रममा नलगाउन समेत अग्रह गरिएको पन्थीले बताए ।

मिष्डान भण्डरमा भेटिएको एक बालकलाई खाद्यान्न समानहरु (राहत सामग्री) दिएर छिमेकीको जिम्मा लागईएको मैत्री समाजका अध्यक्ष राकेश गुप्ताले बताए ।

रामग्राम नगरपालिकाको वडा न ३,५,६,१४ र १८ मा अनुगमन गरिएको थियो । अनुगमनमा नगर उप-प्रमुख ,प्रमुख प्रशासकिय अधिृकत,वडाअध्यक्षहरु,कार्यपालिका सदस्य,महिला बालबालिकाका शाखा प्रमुख,सामाजिक बिकास शाखा प्रमुख ,सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

बालमैत्री स्थानीय शासन संचालनका सेवा प्रभाव सम्बन्धिका २७ र संस्थागत तर्फ १२ गरि जम्मा ३९ सुचक पार गर्नुपर्छ । यो अभियान सफल पार्न ९ जना बाल सहजकर्ता तथा ३० जना बालमैत्री स्वयंसेवक परिचालन गरिएको छ । 

बालमैत्रीका ३९ सुचक पार गरिसकेको तथा घोषणाको अन्तिम चरणमा रहेको बालमैत्री स्थानीय शासन घोषणाका लागि नगरपालिकासँग साझेदार संस्था मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here