राप्रपा महामन्त्री धवलशमशेरविरुद्ध ४ वटा मुद्दामा अभियोग दर्ता

समाचार सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दा दायर गरिएको छ।
- काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको माग गरेको छ।
- २०८१ चैत १५ गतेको प्रदर्शनमा सहभागी ६५ जनालाई प्रतिवादी बनाइएको छ।
काठमाडौँ । राजावादीको पक्षमा प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ ।
जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।




२०८१ चैत १५ मा भएको प्रदर्शनमा सहभागी ६५ जनालाई प्रतिवादी कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्