राप्रपा महाधिवेशन : मंसिर १६ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय

३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन सरेको छ। बिहीबार बसेको पार्टीको निर्वाचन समितिको सिफारिसलाई तीन अध्यक्षको बैठक बसी मंसिर १६ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय  भएको हो । 

मङ्सिर ११ देखि १३ गतेसम्म तोकिएको उक्त महाधिवेशन कार्यसूचीअनुसार अगाडि बढ्न नसकेपछि केही दिन पर सरेको हो। अहिलेसम्म ७६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ। सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट गरी ९ गतेभित्र पठाउन निर्वाचन समितिले आह्वान गरेको छ। महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन मिति मंसिर ६,७ र ८ गते तोकिएको छ।

frontline

 २०७६ फागुन २८ मा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here