राप्रपा पनि एमसीसीको विरोधमा

३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अमेरिकी सहायता परियोजना (एमसीसी)को विपक्षमा उभिएको छ ।

सोमबार केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको केन्द्रीय पदाधिकारी, उपत्यकाका जिल्ला अध्यक्षहरु र भातृ संगठनका अध्यक्ष/प्रतिनिधिको संयुक्त बैठकले एमसीसीका केही प्रावधान राष्ट्रहितमा नरहेको निष्कर्ष निकाल्दै विपक्षमा उभिने निर्णय गरेको हो ।

frontline

एमसीसीबारे सरकारले राजनीतिक दलका बीचमा समझदारी कायम नगरेको, राष्ट्रहित विपरितका केही विवादास्पद प्रावधान संशोधन नगरिएको, सिंगो देश र जनतालाई विभाजित गरेको भन्दै देशभन्दा ठूलो एमसीसी नभएको निष्कर्ष बैठकले निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘त्यसकारण यसको विरोधमा जानुपर्छ भनेर राप्रपाको २१ वटा भ्रातृ संगठन प्रदर्शनमा उतार्ने निर्णय भएको छ,’ उनले भने ।

उनकाअनुसार २१ वटा भ्रातृ संगठन फागुन ४ गतेदेखि राजधानीमा संयुक्त रुपमा विरोध प्रदर्शनमा उत्रिँदैछन् । पहिलो दिन बबरमहलबाट शुरु हुने र्‍याली बानेश्वरमा पुगेर सभामा परिणत हुनेछ ।

राप्रपा पहिलोपटक औपचारिक रुपमा एमसीसीको विरोधमा उत्रेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here