राप्रपा नेपालका महामन्त्री गुुरुङको योगदानको स्मरण
काठमाडौँ, २५ असोज (रासस) : नेकपा(एमाले) संसदीय दलका उपनेता सुुवास नेम्वाङले मुुलुुकमा उत्पन्न परिस्थिति र राजनीतिक निकासका लागि दलहरु एक ठाउँमा उभिएर छलफलका माध्यमबाट निकर्षमा पुुग्न आवश्यक रहेको बताउनुुभएको छ ।
तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता चन्द्रबहादुर गुुरुङको स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपाली जनताको लामो सघर्ष र बलिदानका उपलब्धीलाई कमजोर हुन नदिन राजनीतिक दल एक ठाउँमा उभिन पर्ने बताउनुुभयो ।
पूूर्वउपसभामुुख नेम्वाङले भन्नुुभयो, “लोकतन्त्रको सुन्दर पक्ष भनेकै छलफलका माध्यमबाट सहमतिमा पुुगेर निकास दिनुु हो, मुलुुक र जनताको हितका लागि दल एक ठाउँमा नउभिइ सुुखै छैन, उभिनै पर्छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले देश र जनताका हितका खातिर जनमत सङ्ग्रहविना राजतन्त्र, धर्मनिरपेक्षताका विषयमा निर्णयमा पुुग्न हुुन्न भनी सशक्त मत राख्ने स्व. गुुरुङ मिलनसार, प्रखरवक्ता र सिद्धान्तनिष्ठ नेता रहेको बताउनुभयो ।
उहाँले भन्नुुभयो, “लोकतन्त्र स्थापनापछि विकास र समृद्धिका हिसाबले मुुलुकले काँचुली फेर्ने आशा गरिए पनि पछिल्ला राजनीतिक घटनाक्रमले संविधान र कानूूनी राज्यको उपहास भइरहेको छ ।”
जनआन्दोलन २०६२÷६३ का बलमा स्थापित ३१ दलको प्रतिनिधित्व रहेको संसद्मा राप्रपा संसदीय दलका नेता गुुरुङले गणतन्त्र, धर्मनिरपेक्षतालगायत विषयमा दलको अडान सशक्तरुपमा राख्नुुभएको वक्ताहरुले स्मरण गर्नुुभयो ।
सोही दलका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले वाणि र काममा एकरुपता कायम राख्दै राजनीति मूूल्य मान्यता, आदर्शमा नडगमगाउने स्व. गुुरुङ सबैसँग मित्रता र वन्धुुत्व कायम गर्न सक्ने क्षमतावान नेता रहेको बताउनुुभयो ।
वर्तमान शासनप्रणालीको आधार तयार गर्ने सवालमा राप्रपा रहेको स्मरण गराउँदै अन्य सहभागी वक्ताले स्व गुुरुङका नाममा स्थापित स्मृति अध्ययन प्रतिष्ठानलाई देशका समसामयिक विषयमा छलफल चलाउन सुुझाव दिनुुभयो ।
अर्वुुद्ध रोगको उपचारका क्रममा उहाँको केही वर्षअघि निधन भएको थियो । –––
प्रतिक्रिया दिनुहोस्